12:53AM
जेठ ११ गते २०८२

ई–सेवाको एक करोड दुई लाख रुपैयाँ रकम चोरी गर्ने एकजना पक्राउ

वैशाख ३ गते २०८२
6:33 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौ । प्रहरीले ई–सेवाको रकम चोरी गर्ने एकजना पक्राउ गरेको छ । फिसिङ लिंक पठाई ई–सेवाको रकम चोरी गर्ने कञ्चनपुर कृष्णपुर नगरपालिका–१ का २२ वर्षीय राहुल बुढालाई मंगलबार प्रहरीले पक्राउ गरेको हो । उनी काठमाडौंको अनामनगर बस्दै आएको खुलेको छ ।

विभिन्न व्यक्तिहरूलाई एसएमएसमार्फत फिसिङ लिंक पठाई खाताको रकम चोरी गर्ने गरेको खुलेको हो । प्रहरीका अनुसार उनले चार हजारभन्दा बढी व्यक्तिको ई–सेवामा रहेको एक करोड दुई लाख रुपैयाँ चोरी गरेको खुलेको छ । उनलाई उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले पक्राउ गरेको हो । पक्राउ परेका बुढालाई थप अनुसन्धान गर्न जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

रिप्लाई गर्नुहोस