कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट दायर

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकबाट बर्खास्त गर्ने मन्त्रिपरिषद्को निर्णयविरुद्ध कुलमान घिसिङले सर्वोच्च अदालतमा रिट दायर गरेका छन् । बुधबार दायर रिट दर्ता प्रक्रियामा भने गएको छैन ।
“साँझ ५ बजेतिर रिट आएको छ । ढिला आएकाले प्रक्रियामा भने अघि बढेको छैन,” सर्वोच्चका प्रवक्ता अच्युत कुईंकेलले भने, “रिटमा आवश्यक कारबाही भोलि मात्र हुनेछ ।”
