07:39AM
वैशाख १५ गते २०८२

हिराखुशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्याम श्रेष्ठ पक्राउ

चैत्र २ गते २०८१
7:40 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । मैतीदेवीमा रहेको हिराखुशी बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष श्याम श्रेष्ठ भनिने सोमप्रसाद श्रेष्ठ पक्राउ परेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको छ ।

सहकारी ठगीको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएकाले पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसपी तथा प्रवक्ता काजिकुमार आचार्यले बताए । चितवन घर भइ घट्टेकुलो बस्दै भएका ६३ वर्षीय श्रेष्ठ नयाँ बानेश्वरबाट पक्राउ गरी थप अनुसन्धानका लागि प्रहरी वृत्त सिंहदरबारमा पठाइएको छ । उनी १२ लाख रुपैयाँ बराबरको बैंकिङ कसुरको मुद्दामा समेत फरार व्यक्ति रहेको प्रहरीले जनाएको छ ।

रिप्लाई गर्नुहोस