बालाजु औद्योगिक क्षेत्रमा लागेको आगो नियन्त्रणमा

काठमाडौँ । बालाजुको औद्योगिक क्षेत्रमा शनिबार भएको आगलागी नियन्त्रणमा आएको छ । औद्योगिक क्षेत्रमा रहेको एक प्लास्टिक उद्योगमा आगलागी भएको थियो । त्यहाँ प्रिन्टिङ प्रेससमेत रहेको छ । आगलागी नियन्त्रणका लागि दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरीलगायतको टोली पुगेको थियो । आगलागीको कारण भने खुल्न सकेको छैन ।
