काठमाडौँ महानगरले निर्माण गरिरहेको भ्यु टावरमा प्राधिकरणले विद्युत लाइन काट्यो

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले निर्माण गरिरहेको भ्यु टावरमा विद्युत् प्राधिकरणले बिजुली काटेको छ । राजधानीको रत्नपार्कस्थित प्राधिकरणसँगै जोडिएको निर्माणाधीन भ्यु टावरमा बिजुली काटिएको हो ।
भ्यु टावर निर्माणमा कार्यरत मजदुरहरूका अनुसार विगत १५ दिनदेखि त्यहाँ बिजुली काटिएको हो । पार्किङमा समेत बत्ती नहुँदा मोबाइलको बत्ती बालेर निस्कनुपर्ने अवस्था रहेको उनीहरूले बताए । भवन रेखदेख गर्न बसेका कर्मचारीहरूले पानी र बिजुली नहुँदा सास्ती खेपिरहनुपरेको बताएका छन् । यस सम्बन्धमा बुझ्न खोज्दा विद्युत् प्राधिकरण श्रोतसँग सम्पर्क हुन सकेन ।
