02:23PM
श्रावण ४ गते २०८२

ब्राजिल भेनेजुएलासँग १–१ गोलको बराबरी रोकियो

कार्तिक ३० गते २०८१
10:29 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । फिफा विश्व कप २०२६ को दक्षिण अमेरिका छनोट खेलमा ब्राजिल बराबरीमा रोकिएको छ । ब्राजिल भेनेजुएलासँग शुक्रवार १–१ गोलको बराबरीमा रोकिएको हो । घरेलु मैदानमा भएको खेलमा भेनेजुयलाको लागि तेलास्को सेगोभिया र ब्राजिलका लागि राफिन्हाले गोल गरेका थिए ।

खेलको ४३औं मिनेटमा राफिन्हाले फ्रिकिकबाट गोल गर्दै ब्राजिललाई सुरुवाती अग्रता दिलाएका थिए । सेगोभियाले ४६ औं मिनेटमा गोल गर्दै भेनेजुएलाले बराबरीमा पुर्याए । अलेक्जेन्डर गोन्जालेज ८९औं मिनेटमा रातो कार्ड पाउँदै मैदानबाट बाहिरिएपछि भेनेजुएला १० खेलाडीमा सिमित भएको थियो ।

बराबरीसँगै ११ खेलबाट १७ अंक जोडेको ब्राजिल १० टोलीको तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। भेनेजुयला समान खेलबाट १२ अंकका साथ सातौं स्थानमा छ ।अर्को खेलमा विश्व विजेता अर्जेन्टिनालाई‌ पाराग्वेले २-१ ले हराएको छ । लउतारो मार्टिनेजले ११ औं मिनेटमा गोल गर्दै अर्जेन्टिनालाई सुरुआती अग्रता दिलाए ।

तर टोलीले त्यसलाई जोगाउन सकेन । पाराग्वेका लागि१९ औं मिनेटमा एनटोनिओ सानाब्रिआले बराबरी गोल गरे। पाराग्वेका ओमनर एलडेरेटले दोस्रो हाफको दोस्रो मिनेटमा गोल नै खेलको निर्णायक बन्यो। हारका बाबजुद अर्जेन्टिना अंक तालिकाको शीर्ष स्थानमा छ । अर्जेनिटनाको २२ अंक छ । पाराग्वको १६ अंकसहित छैटौं स्थानमा छ । इक्वेडरले बोलिभियालाई ४-० ले हराएको छ।

रिप्लाई गर्नुहोस