06:24AM
असार २२ गते २०८२

मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किए

भाद्र १६ गते २०८१
8:33 am
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । चितवनको मुग्लिन–नारायणगढ सडकखण्डको सिमलतालमा बस र ट्रक ठोक्किएका छन् । आज बिहान ए आर ०१ टि ६३७२ नम्बरको भारतीय बस र ग २ ख ११०८ नम्बरको आएसर ट्रक आपसमा ठोक्किएका हुन् ।

दुर्घटनामा ट्रक चालक र सहचालक घाइते छन् । उनीहरुलाई उपचारका लागि भरतपुर पठाइएको छ । बसमा सवार सबै सकुशल रहेका मुग्लिन प्रहरी प्रमुख इन्सपेक्टर निरला भण्डारीले जानकारी दिइन् । प्रहरीका अनुसार मुग्निलबाट नारायणगढतर्फ गइरहेको ट्रक र नारायणगढतर्फबाट मुग्लिनतर्फ आइरहेको बस आज बिहान ठोक्किएका थिए ।

रिप्लाई गर्नुहोस