06:11PM
चैत्र २ गते २०८१

संघीय संसदको दुईवटा संयुक्त समितिको सभापतिको निर्वाचन साउन ३१ गते हुने

श्रावण २९ गते २०८१
7:24 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । संघीय संसदको दुईवटा संयुक्त समितिको सभापतिको निर्वाचन साउन ३१ गते हुने भएको छ । संसदीय सुनुवाइ समिति र राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन, अनुगमन तथा मूल्यांकन समितिको सभापति चयनका लागि सभामुखले मंगलबार निर्वाचनको मिति तोकेका संघीय संसदका महासचिव पदमप्रसाद पाण्डेले जानकारी दिए ।

महासचिव पाण्डेयले जारी गरेको सूचना अनुसार ३० साउनको दिउँसो ४ बजेसम्म उम्मेदवारी दर्ताको समय तोकिएको छ । त्यसपछि साढे ४ बजेसम्ममा उम्मेदवारको सूची प्रकाशन हुनेछ । भोलिपल्ट ३१ साउनमा दिउँसो ३ बजे सम्बन्धित समितिको बैठकमा प्रस्तावक सदस्यले प्रस्ताव प्रस्तुत गर्ने, समर्थक सदस्यले सम्बन्धित प्रस्तावको समर्थन गर्ने र प्रस्ताव निर्णयार्थ प्रस्तुत गर्ने कार्यसूची तोकिएको छ ।

रिप्लाई गर्नुहोस