झोलुंगे पुलमा फसेका खच्चडलाई नदीमा झारेर उद्धार गरियो, दुईको मृत्यु

काठमाडौंः कर्णाली नदीमाथिको झोलुंगे पुलमा फसेका खच्चडको उद्धार गरिएको छ । अछामको पञ्चदेवल नगरपालिका र दैलेखको आठबीस नगरपालिका जोड्ने कर्णालीमाथिको पुलको लट्ठा चुँडिँदा आइतबार बिहान १३ खच्चड फसेका थिए ।
तीमध्ये १० खच्चडको उद्धार गरिएको छ । एउटा खच्चडको उद्धारकार्य भइरहेको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रमुख एवं डीएसपी सुनील दाहालले जानकारी दिए । त्यहाँ फसेका मध्ये दुई खच्चड भने मरेका छन् ।
पुलको जालीमा अड्किएको खच्चडको उद्धारमा सुरक्षाकर्मी र स्थानीय बासिन्दा जुटेका छन् ।
जाली काटेपछि अरू खच्चड नदीमा खसेका थिए । खच्चडले पौडी खेलेर आफैँ नदी पार गरेको डीएसपी दाहालले बताए ।
