11:47PM
चैत्र १३ गते २०८१

कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताए:माधवकुमार नेपाल

वैशाख २६ गते २०८१
8:35 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले कृषि उत्पादनमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताएका छन् । बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रमबिच उनले यस्तो बताएका हुन् ।

अध्यक्ष नेपालले नेपालमा कृषिको प्रचुर सम्भावना रहेको बताए । उनले नेपालमा पर्यटन विकासको विशाल सम्भावना रहेको पनि बताए । उनले पिउने शुद्ध पानीको निर्यात गर्न सकिने बताए । उनले नेपाल सम्पदाको धनी देश भएको उल्लेख गर्दै सबैले हरेक सम्भावनाको क्षेत्रमा मिलेर काम गर्नुपर्ने बताए । उनले दुध, माछा, मासुमा नेपाल आत्मनिर्भर बन्नुपर्ने बताए । उनले कृषिको विकासलाई देशको अर्थतन्त्रको आधारशिलाको रूपमा लिएर अघि बढ्न आवश्यक रहेको बताए ।

अध्यक्ष नेपालले नेपालमा पर्यटन क्षेत्रमा लगानी गर्नुपर्ने र त्यसका लागि निजगढ विमानस्थल निर्माणमा लाग्नुपर्ने बताए । उनले नारायणहिटी दरबारलाई ग्राण्ड म्युजियमको रूपमा विकास गर्न सरकारले लगानी गर्नुपर्ने बताए । उनले नारायणहिटी दरबारलाई सरकारी अरू निकायहरू राख्ने नभई विश्वभरले अध्ययन गर्ने थलोको रूपमा विकास गर्न जरुरी रहेको बताए । गणतन्त्र संग्रहालय, जनजाति संग्रहालय निर्माण गर्न आवश्यक रहेको बताए ।

रिप्लाई गर्नुहोस