09:32PM
चैत्र १३ गते २०८१

वीरगञ्जको नबिल बैंकको शाखाबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी

वैशाख १८ गते २०८१
9:12 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । वीरगञ्जको बाइपास रोडस्थित नबिल बैंकको शाखाबाट पैसा चोरी भएको छ राति करिब ७ जनाको अज्ञात समूहले बैंकबाट एक करोड ३४ लाख ६५ हजार रुपैयाँ चोरी गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता डिएसपी कुमार विक्रम थापाले जानकारी दिए।

उनका अनुसार सिसिटिभी फुटेजमा चोरले बोरामा पैसा हालेर लगेको देखिएको छ।ग्यास वेल्डिङ गर्ने मेसिनले टिनको बाकस र दराज काटेर ती समूहले पैसा चोरेका छन्,उनले भने, बैंकको ताल्चा फुटाएरै चोरभित्र प्रवेश गरेको देखिन्छ। यस्तै, मुख्य स्पेसमा राखिएका पैसा भने केही नभएको उनले बताए।

‘टिनका बाकस र दराजमा राखिएका एक सय र बीस रुपैयाँका नोट चोरी भएको छ,’ उनले भने, सिसिटिभी फुटेजको आधारमा केही मानिसलाई नियन्त्रणमा लिएर हामी अनुसन्धान गर्दैछौं। बिहान ९ बजे बैंकका सुरक्षा गार्डले ताल्चा खोल्दा नयाँ ताल्चा लगाइएको पाइएको थियो। त्यसपछि गार्डले बैंकका म्यानेजर र प्रहरीलाई घटनाबारे खबर गरेका थिए।बैंकको केन्द्रीय कार्यालयबाट खटिएका कर्मचारी र प्रहरीको रोहबरमा नयाँ ताल्चा खोलेर बैंकभित्र प्रवेश गर्दा पैसा चोरी भएको पाइएको डिएसपी थापाले बताए।

रिप्लाई गर्नुहोस