11:06PM
चैत्र १३ गते २०८१

भारतको हरियाणामा स्कुल बस दुर्घटना हुँदा छ जना बालबालिकाको मृत्यु

चैत्र २९ गते २०८०
7:18 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । भारतको उत्तरी राज्य हरियाणामा स्कुल बस दुर्घटना हुँदा कम्तीमा छ जना बालबालिकाको ज्यान गएको छ । दुर्घटनामा २० जनाभन्दा धेरै विद्यार्थी घाइते भएका स्थानीय प्रहरीले जनाएको छ ।

जी ।एल पब्लिक स्कुलका झन्डै ४० जना विद्यार्थी बोकेको बस आज दिउँसो कानिना क्षेत्रमा दुर्घटना भएको हो । चालकले जाँड–रक्सी खाएको र तीव्र गतिका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानमा खुलेको छ । हरियाणा राज्यका मुख्यमन्त्री नायब सिंह सैनीले दुर्घटनामा दुःख व्यक्त गर्नुभएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

रिप्लाई गर्नुहोस