क्यानडाको भ्यानकुभरमा ‘फेस्टिभल’को दौरान कार भिडमा परेपछि ९ जनाको मृत्यु

काठमाडौँ । क्यानडाको भ्यानकुभरमा ‘फेस्टिभल’को दौरान एउटा कार भिडमा परेपछि ९ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार घाइते हुनेहरुको विवरण आइसकेको छैन । स्थानीय बासिन्दाले लापु–लापु दिवसको उत्सव मनाइरहेका बेला यो घटना भएको हो । घटनास्थलमा रहेको एक फुड ट्रकका मालिकका अनुसार कार सिधै भिडमा प्रवेश गरेको थियो । ‘यो निकै डरलाग्दो भएको थियो,’ उनले बीबीसीलाई भनेका छन्, ‘गाडी सिधा भिडभित्र गएको थियो ।’ भ्यानकुभर प्रहरीका अनुसार घटनामा संलग्न रहेको आरोपमा ३० वर्षीय स्थानीय व्यक्तिलाई नियन्त्रणमा लिइएको छ । हालसम्म घटनाको कारण भने स्पष्ट भइसकेको छैन ।
उक्त घटना आतंकवादी आक्रमण नभएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा पुष्टि भएको छ । उक्त व्यक्ति अर्कै परिस्थितिमा प्रहरीले चिनिसकेका व्यक्ति थिए तर भ्यानकुभरका प्रहरी प्रमुखले उनको आपराधिक पृष्ठभूमि छरछैन भन्नेबारे टिप्पणी गर्न नमिल्ने बताएका छन् । भ्यानकुभरमा हरेक अप्रिल २७ मा ‘फिलिपिनो’ समुदायले लापु–लापु दिवस मनाउने गरेको छ । लापु–लापु स्पेनिस उपनिवेशवादविरुद्ध आवाज उठाउने राष्ट्रिय नायक हुन् ।
