01:18AM
असार ३१ गते २०८२

भोजपुरमा टक्सारमा आगलागीका कारण छ वटा घर जलेर नष्ट

चैत्र ३ गते २०८०
7:02 pm
Author Avatar
आर्थिक मञ्च

भोजपुर नगरपालिका–१२ टक्सारमा आगलागीका कारण छ वटा घर जलेर नष्ट भएका छन् । आगो अनियन्त्रित हुँदै गएको छ ।

मालबाँसे गाउँ नजिकैको जङ्गलमा लागेको आगो हावाहुरीले उडाएर बस्तीमा पसेपछि घरहरु जलेका जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले जानकारी दिनुभयो । उहाँका अनुसार मानवीय क्षति भने भएको छैन ।

सेना, प्रहरी र स्थानीयले आगो निभाउने प्रयास गरिरहेका छन् । तर तीव्र रुपमा हुरीबतास चलिरहेकाले आगो निभाउन समस्या भएको जिल्ला प्रहरी कार्यालय भोजपुरका सूचना अधिकारी दलकुमार राईले बताउनुभयो ।

रिप्लाई गर्नुहोस