07:39PM
चैत्र २ गते २०८१

तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना

माघ ६ गते २०८०
8:49 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । आज पनि तराईका अधिकांश क्षेत्रमा हुस्सु र कुहिरो लागेको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा भने हिमपातको सम्भावना रहेको छ ।

हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेकोले पहाडी भू भागमा आंशिक बदली भएको छ । जसका कारण कोशी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू भागका एकरदुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आइतबार र सोमबारसम्मे मौसम आंशिकरुपमा बदलिने र उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा हिमपात हुने सम्भावना छ ।

तराईमा हुस्सुरकुहिरो र उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात हुँदा चिसो बढ्ने भएकोले सतर्क रहन महाशाखाले सचेत गराएको छ ।

रिप्लाई गर्नुहोस