06:26PM
चैत्र २ गते २०८१

जापानमा जनवरी १ मा गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय २० जना पुग्यो

माघ १ गते २०८०
10:45 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । जापानमा जनवरी १ मा गएको भूकम्पका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई सय २० पुगेको छ । इशिकावा क्षेत्रमा ७ दशमलव ६ रेक्टरस्केलको भूकम्प जाँदा भत्केका संरचनामा खोजी गर्ने क्रममा अहिलेसम्म दुई सय २० जनाको शव भेटिएको हो । अझै २० जना हराइरहेका अधिकारीहरूलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

जापानको मौसम विज्ञान एजेन्सी जेएमए का अनुसार उत्तरी र पूर्वी जापानमा हिजोदेखि तीव्र हावाहुरी चल्न थालेको छ । भोलिसम्म हिमपात र उच्च छाल आउने सम्भावना रहेको खबरमा उल्लेख छ । यसका कारण भूकम्प प्रभावितलाई समस्या हुनसक्ने भन्दै मौसम सम्बन्धी कार्यालयले सचेत रहन आग्रह गरेको छ ।

रिप्लाई गर्नुहोस