12:28AM
जेठ ११ गते २०८२

लुटपाटमा संलग्न एक जना पक्राउ

असार १० गते २०८०
2:29 PM
Author Avatar
आर्थिक मञ्च

कालिकोटका पीडितको नगद १ लाख ४७ हजार भारतीय रूपैयाँ र १ थान मोबाइल लुटपाट गरेको अभियोगमा कैलाली लम्कीचुहा नगरपालिका-८ बस्ने ३९ वर्षीय वसन्त दमाईलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

पीडित भारतबाट नेपाल आउने क्रममा भारतको हल्द्वानीमा बेहोस हुने औषधि खुवाई पीडितको साथबाट उक्त नगद र मोबाइल लुटपाट गरी फरार भएका दमाईलाई अस्थायी प्रहरी बिट बसपार्कबाट खटिएको प्रहरीले कञ्चनपुर भिमदत्त नगरपालिकाबाट पक्राउ गरेको हो । अहिले प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

रिप्लाई गर्नुहोस