गायक रवि ओड र गायिका शान्तिश्री परियारको स्वरमा रहेको नयाँ गीत ‘ढिँडो मलाई देउ’ सार्वजनिक भएको छ । प्रकाश सापकोटाको शव्दमा सन्तोष श्रेष्ठले संगीत दिएका छन् ।
गीतको भिडियोमा तलिशा गुरुङ, रवि ओड, प्रिन्स विश्वकर्मा र खुश्बु खड्का देखिएका छन् । भिडियो प्रमोद कुमार भण्डारीले निर्देशन गरेका हुन् ।