जीप दुर्घटना, दुई जनाको मृत्यु

बागलुङ: बागलुङ जिल्लामा जीप दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । दुर्घटना काठेखोला गाउँपालिका ५ ठूलढुंगामा भएको हो ।
सामान बोकेर गएको जीप दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बाग्लुङले जनाएको छ ।
घटनामा दुईजनाको मृत्यु भएको थियो र उनीहरुको घटनास्थलमै मृत्यु भएको बताईएको छ । दुर्घटना के कारणले भयो त्यो खुलिसकेको छैन ।
मृत्यु हुनेमा एक जना जैमिनी नगरपालिका १० राङखानी घर भइ बागलुङ नगरपालिका २ श्रीनगर बस्ने दुर्गा पौडेल छन् भने अर्काको सनाखत हुन बाँकी रहेको जनाईएको छ ।
