01:05AM
असार ३ गते २०८२

पाँचथरमा बर्षाले पुलमा क्षती, ६ मानीस बेपत्ता

असार ३ गते २०८०
2:53 am
Author Avatar
आर्थिक मञ्च

पाँचथर: गए रातीको अविरल बर्षाका कारण पाँचथरमा पुल बगााएको छ । रातिको अबिरल बर्षाका कारण पाँचथर जिल्लाको हिलिहाङ र फिदिम जोड्ने हेवा खोलाको पुल बगाएको हो । साथै केहि ब्यक्तहरु पनि सम्पर्क बिहिन भएका छन् । तीनीहरुको खोजीकार्य भइरहेको बताइएको छ ।

बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा रहेको हेवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटर बाटोमा पर्ने र एउटा झोलुंगे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनकारी दिएको छ ।
याङवरक गाउँपालिकामा घरहरू पनि बगाएको छ र के कती क्षती भयो त्यसको विवरण आउन बाँकी रहेको छ ।

रिप्लाई गर्नुहोस