11:40PM
चैत्र १३ गते २०८१

माछापुच्छ्रे बैंकका ग्राहकलाई केएफसी, क्रिमेबेल र पिज्जा हटमा छुट

जेठ २८ गते २०८०
7:46 AM
Author Avatar
आर्थिक मञ्च

माछापुच्छ्रे बैंकका ग्राहकले केएफसी, क्रिमेबेल र पिज्जा हटमा आकर्षक छुट पाउने भएका छन् । माछापुच्छ्रे बैंक र केएफसी आउटलेट बीच छुट दिने विषयमा सम्झौता भएको छ ।

सम्झौतामा दिव्यानी इन्टरनेशनल नेपाल प्रालिमा आवद्ध केएफसी, क्रिमेबेल र पिज्जा हट आउटलेटहरु मार्फत खानाका परिकारहरु अर्डर गर्दा बैंकका ग्राहकहरुले छुट पाउने छन् । बैंकको विभिन्न डिजिटल माध्यम क्यूआर वा पीओएस मेसिन मार्फत डेबिटरक्रेडिट कार्ड प्रयोग गरी डिजिटल भुक्त्तानीमा ग्राहकले दैनिक पहिलो कारोबारमा १० प्रतिशत छुट पाउनेछन् ।

बैंकले दैनिक पहिलो अर्डरमा बढीमा १८० रुपैयाँसम्मको क्यासब्याक पाउन सक्ने छन । बैंकका अनुसार क्यासब्याक योजना २५ जेठदेखि २६ असारसम्म रहनेछ ।

रिप्लाई गर्नुहोस