02:05PM
असार २ गते २०८१

शिवम् सिमेन्टको नाफा ५१ प्रतिशतले घट्यो

वैशाख ३१ गते २०८०
5:51 AM
Author Avatar
आर्थिक मञ्च

आर्थिक वर्षको चैत मसान्त सम्म शिवम् सिमेन्टको नाफा ५१.१४ प्रतिशतले घटेको छ । अघिल्लो वर्षमा कमाएको नाफाको तुलनामा यस वर्ष नाफा घटेको हो । आव २०७९/८० को तेस्रो त्रैमाससम्म ३१ करोड ९९ लाख १७ हजार रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कम्पनीले ६५ करोड ४८ लाख ५२ हजार रुपैयाँ खुद नाफा कमाएको थियो ।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन आम्दानी २४.७५ प्रतिशतले घटेर चैत मसान्तमा ७ अर्ब २५ करोड ३३ लाख ९१ हजार रुपैयाँ आम्दानी गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले ५ अर्ब ४५ करोड ८१ लाख ५ हजार रुपैयाँ कमाएको थियो ।

रिप्लाई गर्नुहोस