सिटिजन्स बैंक र अन्नपूर्ण केवलकारबीच सम्झौता
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र पोखरास्थित अन्नपूर्ण केवलकारबीच सिटिजन्स बैंकका कार्डबाहक ग्राहकहरूलाई विशेष छुट दिने समझदारी भएको छ ।
समझदारीपत्रमा हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका कार्डबाहकहरुले केवलकारमा २५५ सम्मको आकर्षक छुट पाउनेछन् । साथै पोखरास्थित सिटिजन्स बैंकका शाखाहरमा नयाँ खाता खोल्ने ग्राहकहरका लागि अन्नपूर्ण केवलकारको टिकट निशुल्क उपलब्ध हुने छ ।
यस किसिमको सहकार्यबाट बैंकका ग्राहकहरु लाभान्वित हुने साथै नगद कारोबारबाट डिजिटल कारोबार तर्फ उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ ।