12:20AM
श्रावण ३ गते २०८३

एमाले सचिव रायमाझीका छोरा सन्दीप पक्राउ

वैशाख २१ गते २०८०
8:08 am
Author Avatar
आर्थिक मञ्च

नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीका छोरा सन्दीप नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पक्राउ परेका छन् । उनी बुधबार बुटवलमा पक्राउ परेका र बिहीबार काठमाडौं ल्याउने जिल्ला प्रहरी परिसरले जनाएको छ।

बुधबार अनुसन्धानका लागि काठमाडौं प्रहरी परिसरले जिल्ला अदालत काठमाडौंबाट पूर्व उपप्रधानमन्त्री रायमाझी र उनका छोराविरुद्ध पक्राउ पुर्जी लिएको थियो । सन्दीपले नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर विदेश पठाउन एक करोडको चेक लिएको पाइएको स्रोतको दाबी छ ।

यो प्रकरणमा अपराध अनुसन्धान कार्यालयले केशव दुलाल, सानु भण्डारी र टेक गुरुङलाई पक्राउ गरेको थियो । उनीहरुको बयानका आधारमा प्रहरीले मंगलबार पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजित राई पक्राउ परेका थिए । बुधबार भने पूर्वगृहसचिव टेकनारायण पाण्डे पक्राउ परेका छन् ।

रिप्लाई गर्नुहोस