एसियन हाइड्रोपावर र कालिन्चोक दर्शनको सेयर कारोबार खुला
बिहीबारदेखि कालिन्चोक दर्शन लिमिटेड र एसियन हाइड्रोपावरको सेयर कारोबार नेपाल स्टक एक्सचेन्ज नेप्सेमा सुरु भएको छ । केडीएल र एएचएल संकेतमा सेयर कारोबार सुरु भएको छ ।
कालिन्चोक दर्शनको पहिलो कारोबार प्रतिकित्ता १३४.४० रुपैयाँमा भएको छ । कालिन्चोक दर्शनको चुक्ता पुँजीका आधारमा कायम कुल ६० लाख कित्ता र एसियन हाइड्रोपावरको ३४ लाख कित्ता सेयर सूचीकृत भएको हो ।
एसियन हाइड्रोपावरको पहिलो कारोबार प्रतिकित्ता २९८.८० रुपैयाँमा भएको छ । नेप्सेले यसको ओपनिङ रेन्ज प्रतिकित्ता ९९.६० रुपैयाँदेखि २९८.८० रुपैयाँ तोकेको थियो । दुबैको कारोबार सोही भाउलाई आधार मानेर नियमित कारोबार हुनेछ ।