01:31PM
असार २ गते २०८१

सशस्त्र प्रहरीद्वारा रेडक्रसलाई सम्मान

फागुन १२ गते २०७९
8:18 AM
Author Avatar
आर्थिक मञ्च

सशस्त्र प्रहरीलाई विभिन्न उद्दारका सामाग्री उपलब्ध गराउने यहाँको रेडक्रस सम्मानित भएको छ । सशस्त्र प्रहरी बल रसुवा शाखाले आफ्नो १६औँ स्थापना दिवसका अवसरमा जिल्ला रेडक्रस सभापति बाबुलाल तामाङसहित संस्थालाई सम्मान गरेको हो । यसैगरी प्रहरीको सुरक्षामा सहयोग उपलब्ध गराउने धुञ्चे निवासी युवा समाजसेवीद्वय छेसिङ्गी तामाङ र सञ्जिव डिएमलाई समेत सम्मान गरिएको थियो ।
यहाँको धार्मिक, ऐतिहासिक, पर्यटकीय एवं उत्तरी नाकाको सुरक्षा गर्ने उद्देश्यले विसं २०६३ फागुन ११ गतेदेखि अस्थायी सशस्त्र प्रहरी सुरक्षा पोष्ट स्थापना भएकामा हाल २० नं गुल्मका रूपमा विस्तार भएको छ । मकवानपुरस्थित सशस्त्र प्रहरीबल नेपाल नं–३ गढीमाई बाहिनी मुख्यालयका सहायक बाहिनीपति माधवप्रसाद पौडेलले सशस्त्र प्रहरीलाई अनुशासित हुदै सीमा क्षेत्रको सुरक्षाका लागि अघिबढ्न निर्देशन दिनुभयो ।

प्रमुख जिल्ला अधिकारी प्रकाशचन्द्र अधिकारीले सशस्त्र प्रहरीले गरेको कामको प्रशंसा गर्दै सीमा सुरक्षा, राजश्व चुहावट नियन्त्रण र विपद् व्यवस्थापनमा सशस्त्र प्रहरी सशक्तरूपले लागिरहेको बताउनुभयो । स्रोत : रासस

रिप्लाई गर्नुहोस