12:38PM
जेठ २८ गते २०८३

ईश्वरी भुजेलको हत्या आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ माथि अनुसन्धान गर्न पाँच दिनको म्याद थप

जेठ २७ गते २०८३
8:02 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । सैनिक कर्मचारीसमेत रहेकी श्रीमती ईश्वरी भुजेलको हत्या आरोपमा पक्राउ परेका ‘नेपाली ब्रो’ नामले चिनिने कुमार थापामाथि अनुसन्धान गर्न काठमडौं जिल्ला अदालतले पाँच दिनको म्याद थप गरेको छ ।

भुजेलको हत्या आरोपमा थापा गत जेठ २३ गते पक्राउ परेका थिए । जेठ २२ गते राति तारकेश्वर नगरपालिका–६, लोलाङ पैँयुटारमा भुजेलमाथि रड प्रहार गरेर हत्या गरेको आरोप थापामाथि लागेको छ । थापालाई बुधबार काठमाडौं जिल्ला अदालतमा म्याद थपका लागि हाजिर गराइएको थियो । अदालतका सूचना अधिकारी शिव खतिवडाले अनुसन्धानका लागि पाँच दिन म्याद थप भएको जानकारी बाह्रखरीलाई दिए । न्यायाधीश पिताम्बर शर्माको इजलासबाट म्याद थपका लागि अनुमति प्रदान गरिएको हो ।

रिप्लाई गर्नुहोस