प्रभु लाइफले लाभांस दिने
आफ्ना सेयरधनीहरुलाई प्रभु लाइफ इन्स्योरेन्सले २१ करोड ५ लाख रुपैयाँ लाभांस वितरण गर्ने भएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट आफ्ना सेयरधनीलाई १० प्रतिशत बोनस सेयरसहित ११ प्रतिशत लाभांस दिने भएको हो ।
कम्पनीको नेपाल स्टक एक्सचेञ्ज नेप्सेलाई दिएको जानकारीअनुसार आफ्ना सेयरधनीलाई १०.५२६ प्रतिशत बोनस सेयर दिनेछ । यो भनेको चुक्ता पूँजी २ अर्बको १० प्रतिशतका आधारमा २० करोड हुन आउँछ । यस्तै, चुक्ता पूँजीको कर प्रयोजनका लागि ०.५२६ प्रतिशतका दरले हुन आउने १ करोड ५ लाख २६हजार ३१६ रुपैयाँ नगद लाभांस समेत प्रस्ताव गरेको छ ।