सिन्धुली श्रेष्ठ समाज काठमाडौंको अध्यक्षमा पर्यटन व्यवसायी युवराज श्रेष्ठ निर्वाचित

काठमाडौं । सिन्धुली श्रेष्ठ समाज काठमाडौंको शनिबार आयोजित आठौं वार्षिक साधारण सभाले होटल तथा पर्यटन व्यवसायी युवराज श्रेष्ठलाई अध्यक्ष चयन गरेको छ । सिन्धुलीय श्रेष्ठ समाज काठमाडौंको साधारणसभाबाट , बरिष्ठ उपाध्यक्ष हरिकृष्ण श्रेष्ठ , उपाध्यक्ष ललित बहादुर श्रेष्ठ, उपाध्यक्ष निर्मला श्रेष्ठ, सचिव उज्ज्वल श्रेष्ठ, कोषाध्यक्ष बासुदेव श्रेष्ठ,सह सचिव सुरेशमान श्रेष्ठ,सहसचिव डा. नवराज श्रेष्ठ लगायत १७ जनाको टिम सर्वसहमति बाट निर्वाचित हुनु भएको छ।
