त्रिभुवन विमानस्थलबाट अवैध ११ लाख नेपाली रुपैयाँ सहित भारतीय नागरिक पक्राउ

काठमाडौं । अवैध ११ लाख नेपाली रुपैयाँ र ८२ हजार ५ सय भारुसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एक जना भारतीय नागरिक पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतीय नागरिक ४५ वर्षीय सौरभ थुकराल छन् । विमानस्थलमा चेकिङको क्रममा उनी आइतबार पक्राउ परेका हुन् । उनी एयर इन्डियाको उडानमार्फत काठमाडौंबाट दिल्ली जान लागेका थिए ।
जाँच गर्ने क्रममा उनको साथमा रहेको सुटकेसबाट उक्त रकम फेला पारी पक्राउ गरेको हो । उनलाई आवश्यक अनुसन्धान एवम् कारबाहीका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन पुल्चोक ललितपुर पठाइएको छ ।
