01:49AM
जेठ ११ गते २०८२

प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत शिक्षकहरूबीच छलफल हुदै

वैशाख ५ गते २०८२
7:04 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र आन्दोलनरत शिक्षकहरूबीच छलफल हुने भएको छ । शुक्रबार साँझ ७ बजे प्रधानमन्त्री र शिक्षकहरुबीच छलफल हुने भएको हो । नेपाल शिक्षक महासंघ महासचिव तुला बहादुर थापाले छलफलका लागि आफुहरुलाई बोलाइएको बताए ।

प्रधानमन्त्रीको सचिवालयले बेलुका सात बजे प्रधानमन्त्रीले भेट्न बोलाएको भन्दै महासंघलाई खवर गरेको थियो । सोही आधारमा आफुहरू जान लागेको महासचिव थापाले बताए । गते चैत २० गतेदेखि विद्यालय शिक्षा ऐन जारी गर्न माग गर्दै काठमाडौंका सडकमा आन्दोलन गर्दै आएका छन् । उनीहरूले प्रधानमन्त्री तथा सभामुखसँग मात्रै वार्ता गर्ने अडान लिदै आएका छन् ।

रिप्लाई गर्नुहोस