बाराको जितपुर सिमरामा टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु

काठमाण्डौ । बाराको जितपुर सिमरामा टिपर र कार ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । निजगढबाट पथलैया जाँदै गरेको प्र २-०३-००१ ख ०६०७ नम्बरको टिपर र विपरीत दिशाबाट आइरहेको बा ०१-०२५ च ५०७६ नम्बरको कार जीतपुर सिमरा नगरपालिका १६ स्थित भूइँपुल नजिक दिउँसो ३ बजेतिर ठोक्किएर दुर्घटना भएको हो ।
बाराका प्रहरी प्रवक्ता डिएसपी विजय राज पण्डितका अनुसार दुर्घटनामा चालक सर्लाहीको सुन्दरपुरका जितनारायण साह र कारमै सवार सर्लाहीको बरहथवा १५ का नारायणहरी शर्माको मृत्यु भएको हो। दुर्घटनामा गम्भीर घाइते भएका दुबैजनालाई उपचारको लागि प्रसुति अस्पतालमा लग्दा चिकित्सकले मृत घोषणा गरेको डिएसपी पण्डितले बताए । दुर्घटना पश्चात् टिपट चालक फरार भएका छन्। उनको खोजी कार्य भइरहेको डिएसपी पण्डितले बताए।
