त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने तीन जना प्रहरी जिम्मेवारीबाट हटाइए

काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा युवकलाई दुर्व्यवहार गर्ने तीन जना प्रहरी जिम्मेवारीबाट हटाइएका छन् । गएको चैत ३१ गते दुबईबाट फर्किएका युवकलाई लछारपछार गरी दुर्व्यवहार गर्ने तीन जना प्रहरी विमानस्थल सुरक्षा जिम्मेवारीबाट हटाइएका हुन् । उनीहरूलाई काठमाण्डौ उपत्यका प्रहरी कार्यालयमा झिकाई छानबिन तथा अनुसन्धान भइरहेको प्रहरीको विज्ञप्तिमा उल्लेख छ ।

