रामेछापमा डबल क्यापको बोलेरो दुर्घटन हुँदा २ जनाको मृत्यु

काठमाडौँ । रामेछापको मन्थली नगरपालिका वडा नं २ र ३ को सीमाना ठाँटीमा डबल क्यापको बोलेरो दुर्घटन हुँदा २ जनाको मृत्यु भएको छ । बिहीबार अपरान्ह भएको दुर्घटनामा परी अन्य १२ जना घाइते भएका छन् । वडा नं ३ को ऐरमबास देवीथान मनिदरबाट फर्किदै गरेको बा १६ च ६४७६ नम्बरको बोलेरो दुर्घटना हुँदा मन्थली नगरपालिका–२ का वर्ष ६२ का कृष्णनारायण श्रेष्ठ र अन्दाजी वर्ष १३ की भुमिका श्रेष्ठको घटना स्थलमै मृत्यु भएको मन्थली नगरपालिका–२ वडा अध्यक्ष सुरेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
घाईते सबैलाई उद्धार गरी उपचारको लागी मन्थली अस्पताल पठाइएको वडाअध्यक्ष कार्कीले बताउनुभयो । दुर्घटना भएको बोलेरो सडकबाट तल खसको छ । दुर्घटनाको थप विवरण भने आउन बाँकी छ ।
