11:30AM
फागुन २८ गते २०८१

साउदी अरेबियामा अमेरिका र युक्रेनबीच शान्तिवार्ता शुरू

फागुन २७ गते २०८१
6:44 PM
Author Avatar
आर्थिक मञ्च

साउदी अरेबियामा अमेरिका र युक्रेनबीच शान्तिवार्ता शुरू भएको छ । अघिल्लो शुक्रवार ह्वाइट हाउसमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीबीच चर्काचर्की भएको घटनापछि पहिलो पटक युक्रेन र अमेरिका वार्तामा बसेका हुन् ।

अमेरिकासँगको बैठक निकै रचनात्मक तरिकाले शुरू भएको युक्रेनी अधिकारीले बताएका बीबीसीले जनाएको छ । युक्रेनी राष्ट्रपति जेलेन्स्कीको कार्यालयका प्रमुख एन्ड्री येर्माकले आफूहरूले न्यायपूर्ण र दिगो शान्तिका लागि काम गरिरहेको टेलिग्राममा उल्लेख गर्नुभएको छ । यस्तै युक्रेनभन्दा बढी शान्ति अरू कसैले नचाहने जेलेन्स्कीका शीर्ष सहयोगी येर्माकले बताएका बीबीसीको खबरमा उल्लेख छ । यसैबीच शान्ति वार्ता शुरू हुनुअघि युक्रेनले रुसको मस्कोमा गरेको अहिलेसम्मकै ठूलो ड्रोन आक्रमणमा ज्यान गुमाउनेको सङ्ख्या तीन जना पुगेको छ ।

रिप्लाई गर्नुहोस