थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीको उद्धार

काठमाण्डौ । थाइल्याण्डमा अलपत्र परेका २० जना नेपालीको उद्धार गरी आज नेपाल पठाइएको छ । बैंककमा रहेको राजदूतावासले उनीहरुलाई स्वदेश पठाएको हो । आकर्षक रोजगारीको प्रलोभनमा पारेर गएको जनवरी २४ तारिखमा भारतको नयाँ दिल्ली हुँदै उनीहरुलाई थाइल्याण्ड पुर्याइएको थियो ।
साथै दूतावासले नेपाल सरकारले तोकेका मापदण्ड अनुसार श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी कानून विपरित छिटो धेरै पैसा कमाउने उदेश्यले कम्वोडिया, लाओस, म्यानमार र थाइल्याण्डलगायत कुनै पनि देशमा वैदेशीक रोजगारीमा नजान समेत अनुरोध गरेको छ ।
