11:07PM
चैत्र १३ गते २०८१

महाशिवरात्रिको आरतीमा सहभागीका लागि प्रधानमन्त्री ओली पशुपतिनाथ पुगे

फागुन १३ गते २०८१
7:30 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं। महाशिवरात्रिको पूर्वसन्ध्यामा निरीक्षण तथा आरतीमा सहभागीका लागि प्रधानमन्त्री केपी शर्मा ओली पशुपतिनाथ पुगेका छन् । महाशिवरात्रि तथा पशुपति क्षेत्र विकास कोषको संरक्षकसमेत रहेका प्रधानमन्त्री ओली निरीक्षण तथा सहभागी हुन पशुपतिनाथ आइपुगेका हुन् ।

प्रचार प्रचार उपसमितिका संयोजक राजकुमार खत्रीका अनुसार प्रधानमन्त्री ओली पशुपतिको आरतीमा पनि सहभागी हुने कार्यक्रम छन् । यस्तै शिवरात्रि पर्वका दिन राष्ट्र प्रमुखका रुपमा राष्ट्रपति रामचन्द्र पौडेलले पशुपतिनाथ मन्दिरको दर्शन गर्ने कार्यक्रम तय भएको उनले बताए ।

रिप्लाई गर्नुहोस