01:36PM
श्रावण ४ गते २०८२

दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न अनुमति

मंसिर १८ गते २०८१
6:40 pm
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । सोमबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश ईश्वरी भण्डारीको इजलासले प्रसाईंलाई हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई थप चार दिनको समय दिएको हो ।

नेकपा एमाले का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियाको टेलिकम कम्पनीमा ३२ अर्ब लगानी रहेको दाबीसहितको सामग्री सार्वजनिक गरेपछि पक्राउ परेका प्रसाईं त्यसयता प्रहरी हिरासतमा छन् । उनी बन्दी प्रत्यक्षीकरणको रिट लिएर सर्वोच्च अदालत पनि गएका थिए । तर, प्रसाईंको रिट सर्वोच्चले खारेज गरिदिएको थियो ।

रिप्लाई गर्नुहोस