02:52PM
चैत्र १४ गते २०८१

रामेछापमा सुमो दुर्घटना हुँदा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष सहित ५ जनाको मृत्यु

मंसिर १४ गते २०८१
3:19 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । रामेछापमा भएको सुमो दुर्घटनामा गोकुलगंगा गाउँपालिका–४ का वडाध्यक्ष रामचन्द्र बस्नेतको मृत्यु भएको छ । शुक्रबार काठमाडौंबाट रामेछापतर्फ जाँदै गरेको सुमो गोकुलगंगाको फर्पु जिरोकिलोबाट नमादीस्थित सिमखोला भन्ने स्थानमा दुर्घटना भएको हो ।

दुर्घटनामा परेर वडाध्यक्ष बस्नेतसहित अन्य पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार गाडीमा ८ जना सवार थिए । अन्य तीन जनाको उद्धार गरेर अस्पतालतर्फ पठाइएको छ । घटनाबारे थप विवरण आउन बाँकी छ ।

रिप्लाई गर्नुहोस