08:05AM
वैशाख १५ गते २०८२

रौतहटबाट अवैध सालको काठसहितको पिकअप भ्यान बरामद

मंसिर १४ गते २०८१
10:51 AM
Author Avatar
आर्थिक मञ्च

रौतहट स्थित सशस्त्र वन सुरक्षा गस्ती टोलीले लाखौँ मूल्य बराबरको अवैध सालको काठसहितको पिकअप भ्यान बरामद गरेको छ। विशेष सूचनाको आधारमा रेन्जर विकाश लामिछानेको नेतृत्वमा गएको गस्ती टोलीले बिहीबार महेन्द्र राजमार्गमा धनसर देखि २ किलोमीटर पूर्व लचकामा काठ बोकेको ना २ च ९३१९ नम्बरको वोलेरो पिकअप बरामद गरेको हो।

पिकअपमा वनको घाटगदीबाट साढे ८५ क्युफिट सालको काठ लोड गरिएको अवस्थामा बरामद गर्नुका साथै चालक जितेन्द्र चौधरी पक्राउ गरिएको जिल्ला बन अधिकृत राजेश कुमार साहले बताएका छन्। ९ थान सालको गोलिया उक्त काठ, गाडी चालक नियन्त्रणमा लिएर अनुसन्धानको लागि डिभिजन बन कार्यालय चन्द्रिगाहपुर राखिएको डिवीजन प्रमुख हेमन्त कुमार साहले जानकारी दिएका छन्। बरामद काठको बजार मूल्य ३ लाख रुपैयाँ भन्दा बढी हुने डिभिजन वन कार्यालय रौतहटले जनाएको छ।

रिप्लाई गर्नुहोस