02:31AM
असार ३ गते २०८२

उपत्यकामा आज तीन जना मृत भेटिए

मंसिर ६ गते २०८१
7:28 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । काठमाण्डौ उपत्यकामा आज तीन जना मृत भेटिएका छन् । काठमाण्डौमा दुई र ललितपुरमा एक जना मृत भेटिएका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब महानिरीक्षक डीआईजी दानबहादुर कार्कीले जानकारी दिनुभयो ।

उहाँका अनुसार नुवाकोटको ककनी गाउँपालिका–६ घर भएका २८ वर्षीय भोला पाठक माछापोखरीको एक होटलमा मृत फेला परेका हुन् । त्यस्तै माछापोखरीको मितेरी पुल नजिकै खाली जग्गामा नाम थर नखुलेका एक पुरुष मृत भेटिएका डीआईजी कार्कीले बताउनुभयो । त्यस्तै ललितपुर महानगरपालिका–२५ मा रहेको नख्खु खोलामा नाम थर नखुलेका एक पुरुष मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ ।

रिप्लाई गर्नुहोस