06:40PM
चैत्र २ गते २०८१

अर्जेन्टिना पाराग्वेसँग २-१ गोलअन्तरले पराजित

कार्तिक ३० गते २०८१
9:59 AM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । फिफा विश्वकप फुटबलको दक्षिण अमेरिकी छनोटमा अर्जेन्टिनाले हार व्यहोरेको छ । शुक्रबार बिहान भएको खेलमा अर्जेन्टिना पाराग्वेसँग २-१ गोलअन्तरले पराजित भएको हो । खेलमा सुरुआती अग्रता लिएको भएपनि त्यसलाई जोगाउन नसक्दा अर्जेन्टिना पराजित भयो । लाउतारो मार्टिनेजले ११औं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए ।

त्यसको ८ मिनेटपछि १९औं मिनेटमा पाराग्वेका एन्टोनियो सानाब्रियाले बराबरी गोल फर्काएपछि पहिलो हाफ १-१ को बराबरीमा टुङ्गिएको थियो ।

दोस्रो हाफको ४७औं मिनेटमा ओमार अल्डेरेटेले गोल गर्दै पाराग्वेलाई खेलमा अगाडि ल्याए । त्यसपछि थप गोल हुन नसक्दा पाराग्वे २-१ ले विजयी हुँदै ३ अंक जोड्न सफल भयो । हारका बाबजुद अर्जेन्टिना ११ खेलमा २२ अंक जोड्दै अंकतालिकाको शीर्षस्थानमा छ । समान खेलमा १६ अंक भएको पाराग्वे छैटौं स्थानमा छ ।

रिप्लाई गर्नुहोस