03:04PM
चैत्र १४ गते २०८१

एमालेलाई दान लिएको जग्गामा कुनै संरचना नबनाउन सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी

कार्तिक १२ गते २०८१
8:41 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । सर्वोच्च अदालतले व्यापारी मीनबहादुर गुरुङले एमालेलाई दान लिएको जग्गामा कुनै संरचना नबनाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले सुनुवाइ गर्दै गुरुङले दान दिएको जग्गामा तत्काल कुनै संरचना नबनाउन अल्पकालीन आदेश दिएको हो ।

विभिन्न कसूरमा चलिरहेका व्यक्तिले कुनै पार्टीलाई करोडौं रुपैयाँको जग्गादान दिनु भ्रष्टाचार भएको भन्दै अधिवक्ता ज्ञानबहादुर बस्नेत र श्यामकृष्ण मास्केले रिट दायर गर्नुभएको थियो । आज सर्वोच्चले जग्गामा संरचना नबनाउन अन्तरिम आदेश दिएको हो ।

रिप्लाई गर्नुहोस