03:26PM
चैत्र १४ गते २०८१

सिन्धुली जाँदै गरेको बस रामेछापको भिरपानीमा दुर्घटना

असाेज २२ गते २०८१
7:24 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । काठमाडौंबाट सिन्धुली जाँदै गरेको बस रामेछापको भिरपानीमा दुर्घटना भएको छ। मंगलबार दिउँसो सिन्धुलीको अमारे जाँदै गरेको बस भिरपानीमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ। बसमा सवार कम्तिमा ११र१२ जना यात्रु घाइते भएका छन्। उनीहरुमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ। घाइतेलाई उपचारका लागि मुलकोटमा लगिएको छ। बसको ब्रेक फेल भएपछि केही यात्रु आफैं हाम फालेको स्थानीयले जानकारी दिएका छन्। थप विवरण आउन बाँकी रहेको छ।

बाढी पहिरोको कारण बीपी राजमार्गको सडक बन्द भएपछि अहिले काठमाडौं चरिकोट मन्थली सिन्धुलीको वैकल्पिक मार्ग सञ्चालन भएको छ।

आज बिहान पनि काठमाडौंबाट सिन्धुलीको फिक्कल जाँदै गरेको टाटा सुमो रामेछापमा दुर्घटना भएको थियो। रामेछापको मन्थली खाँडादेवी सित्खा सडक खण्डको मन्थली नगरपालिका ७ भटौली पुलमाथि आज बिहान सवा ४ बजेतिर ना १ ज ८७८२ नम्बरको टाटा सुमो दुर्घटना हुँदा चालक घाइते भएका थिए। सुमोमा ११ जना

रिप्लाई गर्नुहोस