03:09PM
चैत्र १४ गते २०८१

प्रधानन्यायाधीश राउतलाई राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ

असाेज २० गते २०८१
6:46 PM
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । नवनियुक्त प्रधानन्यायाधीश प्रकाशमानसिंह राउतले शपथ लिनुभएको छ । प्रधानन्यायाधीश राउतलाई राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले पद तथा गोपनीयताको शपथ गराउनुभएको हो ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहाललगायत उच्च पदस्थ अधिकारीको उपस्थिति थियो । राष्ट्रपति पौडेलले राउतलाई आज बिहान प्रधानन्यायाधीश पदमा नियुक्त गर्नुभएको थियो ।

रिप्लाई गर्नुहोस