सिन्धुली र रामेछाप जिल्ला जोड्ने पुल बाढीले बगायो

काठमाडौं । सिन्धुली र रामेछाप जिल्ला जोड्ने मोटेरेवल पुल बाढीले बगाएको छ । निरन्तरको झरीले सुनकोसीमा आएको बाढीले दुई जिल्ला जोड्ने खुर्कोटमा रहेको मोटेरेवल पुल शनिवार मध्यान्हको समयमा बगाएको स्थानीयले बताएका छन् । यो पुल निर्माण भएपछि रामेछाप र दोलखाका नागरिकलाई राजधानी काठमाडौँ जाने आउने दुरी छोटो भएको थियो ।
