07:28PM
चैत्र २ गते २०८१

नेप्से परिसूचक चार अंकले घट्यो

असाेज २ गते २०८१
7:55 PM
Author Avatar
आर्थिक मञ्च

काठमाडौं । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक बुधबार चार अंकले घटेको छ । नेप्से ०.१५ प्रतिशतले घटेर २५७६.७६ को विन्दुमा पुगेको छ ।आज एक करोड ३९ लाख ५२ हजार १२१ कित्ता सेयर पाँच अर्ब ६६ करोड ९१ लाख रुपैयाँमा कारोबार भएको छ ।

कालिका लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ८.०८ प्रतिशतले बढेको छ । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको सेयर मूल्य ७.६७ प्रतिशतले घटेको छ । कारोबारमा रहेका १३ उपसमूहमध्ये निर्जिवन बिमा र बैंकिङ क्षेत्रको समूहगत परिसूचक मात्रै बढेको नेपाल स्टक एक्सचेन्ज नेप्सेले जनाएको छ ।

रिप्लाई गर्नुहोस