02:25AM
असार ३ गते २०८२

सरकारले सरकारी कार्यालयहरूमा शेयर कारोबारमा प्रयोग हुने प्रविधि टीएमएस चलाउन रोक

भाद्र २५ गते २०८१
5:28 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । सरकारले सरकारी कार्यालयहरूमा शेयर कारोबारमा प्रयोग हुने प्रविधि टीएमएस चलाउन रोक लगाएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले सबै मन्त्रालय, आयोग, सचिवालय, कार्यालयमा पत्र पठाएर टीएमएसु नचल्ने व्यवस्था गर्न निर्देशन दिएको हो । कार्यालयले सबै पालिकामा टीएमएसु नचल्ने व्यवस्था गर्न पनि सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई निर्देशन दिइएको छ ।

त्यस्तै पत्रमा कार्यालय समयमा टीएमएसु चलाएरनचलाएको प्राविधिक रूपमै जाँच गर्नसमेत आदेश दिइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पत्रअनुसार सरकारी तथा सार्वजनिक निकायमा टीएमएसु चलाउन रोक लगाएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले लेखेको पत्रमा उल्लेख छ ।

रिप्लाई गर्नुहोस