नेकपा एमालेले सचिवालय बैठक बोलायो

काठमाडौँ । नेकपा एमालेले सचिवालय बैठक बोलाएको छ । एमालेले बैठक यही भदौ २८ गते केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी बोलाएको हो ।
बैठकले एक वर्षे कार्ययोजना पारित गर्ने एमाले केन्द्रीय पार्टी कार्यालयका सचिव भीष्म अधिकारीले जानकारी दिए । यसअघि भदौ १८ र १९ गते बसेको एमाले पोलिटब्युरो बैठकले ‘राष्ट्रिय शक्ति निर्माणको वार्षिक कार्ययोजना’ पारित गरेको थियो ।
