02:56PM
श्रावण ४ गते २०८२

ब्राजिलको साउ पावलो विमानस्थलको ट्रान्जिट क्षेत्रमा एक ७६ जना नेपाली अलपत्र

भाद्र ११ गते २०८१
7:51 pm
Author Avatar
आर्थिक मञ्च

काठमाण्डौ । ब्राजिलको साउ पावलो विमानस्थलको ट्रान्जिट क्षेत्रमा एक ७६ जना नेपाली अलपत्र परेको नेपाली दूतावासले जनाएको छ । उनीहरूलाई आवश्यकताअनुसार सहायताका लागि आफूहरू तयारी अवस्थामा रहेको नेपाली दूतावासले आज जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

दक्षिण अमेरिकाका ब्राजिल लगायतका देश हुँदै अवैध रूपमा अमेरिका प्रवेश गर्ने उद्देश्यले विभिन्न ठाउँबाट दक्षिण अमेरिकी देशमा आउने प्रवृत्ति बढिरहेको भन्दै दूतावासले प्रवेशआज्ञा लिएर मात्र भ्रमणमा निस्कन आग्रह गरेको छ ।

दूतावासले मानव तस्करहरूको सञ्जाल प्रयोग गरी गरिने यस प्रकारको यात्रा अवैध, जोखिमपूर्ण र अनिश्चित हुने भन्दै जायज कारण भएमा पुष्टि गर्ने कागजात र प्रवेशाज्ञा लिएर मात्र ब्राजिल वा ब्राजिल हुँदै अन्य देशको भ्रमणमा निस्कन अनुरोध गरेको छ ।

रिप्लाई गर्नुहोस